एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु, यी सात एजेण्डामा छलफल गर्दै


३ भाद्र २०८०, आईतवार
samajbadi

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने विषयमा छलफल भइरहेको छ ।

महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।
पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको छ ।

यस्ता छन् वैठकका एजेण्डा
१. वर्तमान राष्ट्रिय परिस्थितिबारे ।
२. संगठन सुदृढीकरणको रिपोर्टिङ ।
३. पार्टीका सैद्धान्तिक वैचारिक सवाल ।
४. पार्टीको संगठनात्मक अवस्था ।
५. पार्टीको आन्तरिक समस्या ।
६. आगामी कार्ययोजना ।
क) संगठनात्मक अभियान ।
ख) महाधिवेशनबारे ।
७. नेतृत्वलाई सुझाव ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७