उच्चस्तरीय समितिकै अडानमा एमाले, सभामुखको छलफल निष्कर्षविहीन


३ भाद्र २०८०, आईतवार
devraj sachetak

काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने अडान एमालेले कायमै राखेपछि वैठक निष्कर्षविहीन बनेको हो ।

सत्तारुढ दल समिति नबनाउने अडानमा छन् । ‘उच्चस्तरीयमा अडान कायमै छ । सरकारको अकर्मण्यताले सदन अवरोध भएको हो । उच्चस्तरीय समिति बनाउनु पर्ने थप पुष्टि भएको छ । हाम्रो माग थप सशक्त बनाउछौँ’, एमाले प्रमुख सचेतक पदम गिरीले छलफलमा भने ।

सभामुखसँगको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडान कायम रहेकाले तत्काल सदनको गाँठो फुक्ने सम्भावना नदेखिएको बताएका छन् । ‘गाँठो फुकेको छैन । जहाँ अड्केको छ त्यहीँ छ । प्रमुख प्रतिपक्षी थप बलियो हुने भनेको छ,’ उनले भने, ‘सदनमा अन्य दल पनि छन् । संसदीय प्रणालीमाथि प्रश्न नउठोस् । सदन चल्ने वातावरण बनाउनुपर्छ । जे छ सदनमै गरौँ ।’

सदनको अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरूसँगको छलफल गर्दै छन् । साढे १२ बजे बोलाइएको बैठकमा सहभागी हुन प्रमुख सचेतकहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् । भने एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७