इङल्याण्डलाई हराउँदै स्पेन पहिलो पटक फिफा महिला विश्वकप च्याम्पियन (तस्वीरहरु)

काठमाडौं । स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबलको च्याम्पियन बनेको छ । इङल्याण्डलाई हराउँदै स्पेनले उपाधि जितेको हो ।

फाइनलमा आइतबार सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा इङल्याण्डलाई स्पेनले १–० गोलअन्तरले पराजित गरेको हो । स्पेनले खेलको पहिलो हाफमै गोल गर्दै अग्रता लिएको थियो । स्पेनका लागि ओल्गा कार्मोनाले गोल गरिन् । खेलको २९औँ मिनेटमा कार्मोराले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनले इङल्याण्डविरुद्ध दोस्रो हाफमा पनि राम्रो खेल्यो । खेलको ६९औँ मिनेटमा स्पेनले पेनाल्टी पायो । योसँगै अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतमा स्पेनलाई पेनाल्टी दिइएको थियो । तर, २–० गोलको अग्रता बनाउने मौका जेन्निफर हेर्मोसोले गुमाइन् । उनले प्रहार गरेको पेनाल्टी इङल्याडकी गोलकिपर म्यारी इएरप्सले सजिलै बचाइन् ।

समूह ‘सी’ मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ३–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा जाम्बियालाई ३–० गोलअन्तरले हराएको स्पेनले समूह चरणको आफ्नो अन्तिम खेलमा जापानसँग ४–० को हार ब्यहोरेको थियो । त्यसपछि स्पेनले प्रिक्वार्टर फाइनलमा स्वीट्जरल्याण्डलाई ५–१ गोलअन्तरले हराएको थियो ।
