माछा मार्न गएका युवकको नारायणीमा डुबेर मृत्यु


४ भाद्र २०८०, सोमबार
Narayani badhi 1 scaled

नवलपरासी पूर्व । नारायणी नदीमा डुबेर नवलपरासी पूर्वमा एक युवकको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको शव आइतबार साँझ फेला परेको हो । नदीबाट स्थानीयले शव निकालेपछि प्रहरीलाई खबर गरेका प्रहरीले जनाएको छ । साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरर उनको खोजी गरिएको थियो ।

पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए । लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर उनी नदीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७