प्रतिक्रान्तिकारीहरुले सामाजिक सञ्जालबाट क्रान्तिको बदनाम गरे : प्रचण्ड


८ भाद्र २०८०, शुक्रबार
prachanda 12 scaled
तस्वीर : प्रदीपराज वन्त

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन सक्रिय हुन थालेको बताएका छन् ।

आज (शुक्रबार) पर्साको वीरगञ्जमा समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरेर क्रान्तिलाई बदनाम गर्न खोजिएको गुनासो गरे । ‘पछिल्लो समय सामाजिक सञ्जालबाट मानिसहरुले क्रान्तिलाई बिद्रुप गर्न लागेका छन् । क्रान्तिलाई बदनाम गर्न लागेका छन्’, उनले थपे, ‘प्रतिक्रान्तिकारी शक्तिहरु पहिलेभन्दा १० गुणा शक्तिसहित लागेका छन् । प्रतिक्रान्ति रोक्न पुरानै शैली र मान्यताबाट नसकिने अवस्था आइसक्यो ।’

उनले सँगै रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालतिर लक्षित गर्दै तत्कालीन अवस्थामा एमालेमा भए पनि उनी जनयुद्ध र जनआन्दोलनका नेता भएको टिप्पणी गरे । जनयुद्ध र जनआन्दोलनलाई मिलाएर जनक्रान्ति गर्ने गरी माधव नेपालसहित आफूहरु अघि बढेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७