‘सि माला’को कथामा बनेको चलचित्र ‘मट्टी माला’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


२ जेष्ठ २०७५, बुधबार
MATTI MALA New Nepali Movie Trailer

काठमाडौँ, २ जेठ । माटो भित्र पाइने एक बहुमूल्य धातु ‘सि माला’को कथा रहेकोे चलचित्र ‘मट्टी माला’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा मेरी बास्सै टेलिसिरियलका चर्चित जोडी बुद्धी तामाङ (हनुमाने) र (रजनी गुरुङ) मंगलीको मुख्य भुमिका रहेको ‘मट्टी माला’को ट्रेलर बुधबार रिलिज गरिएको हो । MATTI MALA New Nepali Movie Trailer

मट्टी माला’ पौरखी फिल्मस् प्रा. लि. को ब्यानरमा पृथ्पी राईको निर्माण तथा टेके पौरखी राईको लेखन तथा निर्देशनमा बनेको हो ।

मट्टी मालामा प्रिंयका कार्कीको विशेष भुमिका रहेको छ । यसैगरी चलचित्रमा शिशिर राना, नेपाली टोनी जाका नामले परिचित चिरन राई, पृथ्वी राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, सङघ्या श्रेष्ठ, टेकराज लाङघाली, विक्रम लामा, दिपक आचार्य लगायतको अभिनय छ ।

आगामी जेष्ठ २५ गते रिलिज हुने चलचित्र पारिवारिक, रोमान्स तथा कमेडीले भरिएको छ । नेपाली टोनी जाका नामले परिचित स्टन्ट म्यान चिरनको एक्सन तथा प्रियंका कार्कीको विशेष भूमिकाका कारण चलचित्रलाई बहुप्रतिक्षित मानिएको छ ।

चलचित्रमा राहुल राईको छायांकन रहेको चलचित्रमा सम्पादन तथा भिएफक्स अनिल कुमार महर्जनको रहेको छ।
यसैगरी सुमन राईको संगीत रहेको यस चलचित्रमा राईको छायांकन रहेको चलचित्रमा गीतकार जानु काम्बाङ लिम्बु, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ रहेका छन्। चलचित्रमा विक्रम राई, सुन्दर लामा, सुमन राई, आनन्द राई, चन्द्र लामा, वविना किराती, अमृता लिम्बु, र संगीता थापाको स्वर रहेको छ।

कविराज गहतराज, राजेश पुमा राई, र दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको यस चलचित्रमा ड्रेस डिजाइनर सीमा राई, साउन्ड डिजाइनर निरज केसी, ब्याग्राउण्ड स्कोर सुजिल कर्माचार्य, डविङ तथा लाईभ इफेक्ट्स सुजन वादल, कलर अनन्त घिमिरे, एक्सन राजेन्द्र चौधरी लगायत रहेका छन् ।

निर्देशक टेके पौरखी राईका अनुसार, काठमाडौं, कुलेखानी, घान्द्रुुक, सिन्धुली, काभ्रेलगायतमा छायांकन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७