हिमाली लामाको ‘हिमाली सुस्केरा’ गीति एल्बम सार्वजनिक (भिडियोसहित)


११ भाद्र २०८०, सोमबार
ovetr

काठमाडौं । गायिका हिमाली लामाको ‘हिमाली सुस्केरा’ गीति एल्बम सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लामाले पाँच वटा गीत सामाबेश एल्बम हिमाली लामा अफिसियल युट्युवबाट सार्वजनिक गरेकी हुन् ।

3 3

गायिका हिमालीले आफ्नी आमा कुसुम लामाको हातबाट गीतको भिडियो सार्वजनिक गरेकी हुन् । गीति भिडियो सार्वजनिक कार्यक्रममा पूर्व कुलपति डा. जगमान गुरुङले नेपाली भाषा, साहित्य र पहिचान संरक्षणका लागि गीत–संगीत क्षेत्रको अतुलनीय योगदान रहेको बताउँदै गायिका लामाको कर्म र साधनाको प्रशंसा गरे ।

कार्यक्रममा टोखा नगरपालिका मेयर प्रकाश अधिकारीले गायिका हिमालीले गीत–संगीतको माध्यमबाट नेपाललाई देश–विदेशमा चिनाउने काम गरेको बताए । गायिका लामाले गीति एल्बम बिमोचनको आजको दिन आफ्नालाई जीवनकै अमूल्य क्षण भएको बताउँदै आफ्नो धेरै लामो साधना, संघष र सपना पूरा भएको बताइन् । उनले धेरै संघर्षपछि यो गीति एल्बम सार्वजनिक गर्ने अवस्थामा आइपुगेको जानकारी दिंदै अबका दिनहरुमा पनि नेपाली गीत–संगीतको क्षेत्रमा लागिरहने बताइन् ।

2 6

काठमाडौं– ५ का प्रदेशसभा सदस्य श्यामबहादुर खड्काले गायिका लामाले गाएका सबै गीत कर्णप्रिय, मर्मस्पर्शी रहेको बताउँदै सांगीतिक क्षेत्रका लामाको नाम चम्किलो रहेको बताए । गायिका लामाको गीति एल्बममा पाँच गीत समाबेश छन् । यो एल्बममा गीत सूर्य दोङ तामाङले लेखेका हुन् भने आरबी लामा स्याङतानले संगीत भरेका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७