गौर हत्याकाण्डका पीडितले न्याय नपाए हेग जान्छौँ : प्रभु साह


११ भाद्र २०८०, सोमबार
prabhu sah1678611624

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका पीडितहरूले नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत (हेग) जाने चेतावनी दिएका छन् ।

आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष साहले गौर हत्याकाण्डका दोषीमाथि कारबाही नभए न्यायका लागि पीडितहरूलाई लिएर हेग जाने चेतावनी दिएका हुन् । उनले पीडित संघर्ष समितिसँग भएको पाँचबुँदे सहमतिबाट सरकार पछि हटेको आरोप लगाएका छन् ।

‘गौर हत्याकाण्डका पीडितहरूसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हट्यो,’ उनले भने, ‘अब पनि सरकारले कारबाही नगरे पीडितहरू चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन ।’ अध्यक्ष साहले दोषीमाथि कारबाही नभए आफूहरू चुप लागेर नबस्ने पनि बताएका छन् । १७ वर्ष पहिले नै गौर हत्याकाण्डमा पीडितहरूले जाहेरी दर्ता गराएको उनले बताए । तर, सरकारले त्यसपछि उक्त घटनाबारे छानबिन समेत नगरेको अध्यक्ष साहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७