प्रचण्डलाई ‘हत्यारा’ करार गरी जेल पठाउने प्रचार भइरहेको छ : विप्लव

‘माओवादीहरू फुट्न मात्र होइन, जुट्न पनि जानेका छन, इतिहासको हेक्का राख्नु पर्छ’


१५ भाद्र २०८०, शुक्रबार
Biplaw samajbadi morcha pokhara scaled

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादीलाई हत्यारा करार गर्दै आरोप लगाइरहेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपालमा माओवादीहरू फेल भएको प्रचारबाजी व्यापक हुँदै गएको बताए ।

‘नेपालमा समाजवाद सम्भव छैन, कम्युनिष्टहरु फेल खाए, माओवादीहरु फेल खाए, यो खालको असफल भए भनेर प्रचार व्यापक गरिँदैछ,’ उनले भने, ‘अहिले प्रचण्ड देशको प्रधानमन्त्रीको रुपमा हुनुहुन्छ । उहाँले देशको नेतृत्व गरिरहनु भएको छ । तर, उहाँलाई अहिले हत्याराको आरोप लगाइएको छ । बजारमा, चोक चोकमा त्यो प्रचार चलिरहेको छ ।’

उनले माओवादी आन्दोलनविरुद्धमा ठूलो समूह लागेको दाबी गरे । ‘आज हामी अपराधीहरुको आरोप माओवादी आन्दोलनविरुद्धमा लगाइएको छ । जसले परिवर्तनको नेतृत्व गरेको कार्यकारी प्रमुखको समेत मुद्दा चलिरहेको छ । छिटोभन्दा छिटो प्रचण्डहरुलाई जेल पठाउने र माओवादीलाई जेलमा अपराधी करार गर्ने प्रचार भइरहेको छ,’ उनले भने ।

उनले माओवादीहरू फुट्न मात्रै नभई जुट्न पनि जानेको चेतावनी दिए । ‘म भन्न चाहन्छु, माओवादीहरू फुट्न मात्र होइन, जुट्न पनि जानेका छन् । इतिहासको हेक्का राख्नुपर्छ,’ विप्लवले भने । ’नेपाललाई स्वाधिन भएको हेर्न नचाहने भरौटेहरू, समाजमा विखण्डन मच्याउने शक्ति देशमा छन्,’ विप्लवले भने, ‘सरकार पैसा कमाउने ठाउँ होइन । संसद, सरकार भनेको जनताको सेवक हुन् । अहिले सुशासनको पक्षमा जे चलेको छ त्यसलाई समर्थन गर्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७