एकीकृत समाजवादीले बनायो विज्ञसहितको एमसीसी अनुगमन समिति

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीको अनुगमनका लागि समिति बनाएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दि ए।
उनका अनुसार उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो । समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एक जना विषय विज्ञ रहने छन् । खतिवडाका अनुसार विषयविज्ञ भने तय भइसकेको छैन ।