गौशाला–२६ को जन्मदर्ताको थप कागजात झिकाउन आदेश


२१ भाद्र २०८०, बिहीबार
sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ ।

आज (बिहीबार) न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो । बिहीबार अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेशी तोकिएर सुनुवाई अगाडि बढे पनि सन्दीपका वकिलले थप प्रमाण मगाउन माग गरेका हुन् ।

यसअघि सन्दीप लामिछानेले अदालतमा पेश गरेका कागजात कहाँबाट ल्याइएको भन्दै प्रश्न गरेका थिए । सन्दीपले आफ्ना शुभेच्छुकले दिएको जवाफ दिएका थिए ।यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ (छ) की आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यस दिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । पेसी सरेपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७