बालेन शाह टाइम म्यागेजिनको १०० उदीयमान व्यक्तिको सूचीमा


२८ भाद्र २०८०, बिहीबार
Balendra Shah

काठमाडौं । टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ मा १०० उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।

म्यागेजिनले स्वतन्त्र उमेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको उल्लेख गरेको छ । बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ ।

बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याएको टाइम म्यागेजिनको भनाइ छ । टाइम म्यागेजिनले सहरका अवैध संरचना भत्काइरहेको विषयको प्रशंसा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७