प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति सीसँग हाङजाओमा भेटवार्ता

‘अमेरिका भ्रमण टोली सानो र छरितो बनाएको छु’


२९ भाद्र २०८०, शुक्रबार
Prachanda samsad bhadau 29

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।

आफ्नो भ्रमणबारे आज (शुक्रबार) संसदलाई जानकारी दिँदै उनले संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण आफू न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको बताए ।

उनले चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिए । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए ।
‘अमेरिका भ्रमण टोली सानो र छरितो बनाएको छु’
प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्ने विषय प्रतिनिधिसभालाई जानकारी गराउँदै भ्रमण टोली सानो बनाइएको बताएका हुन् । प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा त्यसबारे पनि जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७