तीजको नाचगानमा युवाबीच ‘ग्याङ फाइट’, एकको मृत्यु, चार जना पक्राउ


१ आश्विन २०८०, सोमबार
jhadap
सांकेतिक तस्विर

पाल्पा । पाल्पामा साथीको कुटाइबाट एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुटपिटबाट जिल्लाको तिनाउ गाउँपालिका २ निवासी २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो । कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार राति साढे १० बजे तिनाउ–२ कै घोडेबासमा स्थानीय भेला जम्मा भई भइरहेको तीजको नाचगानमा सुनिल र उनका साथीबीच सामान्य झगडा भएको थियो । सोही विषयमा त्यही मध्यराति साढे १२ बजेतिर पुनः झैझगडा (ग्याङ फाइट), कुटपिट हुँदा सुनिल गम्भीर घाइते भएका थिए ।

उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल) लगिए पनि आज बिहान पौने २ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको प्रहरी टोलीले कुटपिटमा संलग्न आशंका गरिएका ४ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७