एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो : अध्यक्ष नेपाल


१ आश्विन २०८०, सोमबार
Madhav kumar nepal F70E4XHQca
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरेका छन् ।

आज (सोमबार) पाार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको दावी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ । केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नु पर्दथ्यो भन्ने छ ।’

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्नु अरू केही नभए गठबन्धनलाई सरकारबाट फाल्ने षडयन्त्र भएको बताए । उनले भने, ‘एमसीसीको विरोध केही नभएर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले वाहवाह भनेर साथ दिने थिए भन्नु हवाई कल्पना बाहेक केही होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७