न्यायाधीश नभएको भन्दै सन्दीपको मुद्दाको सुनुवाइ १७ औं पटक स्थगित


७ आश्विन २०८०, आईतवार
sandeep lamichhane 20190401072744

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको पेसी पनि स्थगित भएको छ । फैसला चरणमा पुगिसकेको मुद्दामा पेसी तोकिएर सुनवाइ स्थगित भएको आजसहित १७ औं पटक हो ।

न्यायाधीश नभएको भन्दै उनको मुद्दा पेसी नचढेको बताइएको छ । जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई धकेल्दै आएका छन् । केही दिनअघि मात्र केही न्यायाधीशको सरुवा तथा केही उच्चमा बढुवा भएका छन् । सरुवा भएका न्यायाधीशहरूले गोला ताने पनि इजलासमा बस्दैनन् । सरुवा भएर आउने न्यायाधीश पनि अदालतमा रमाना लिएर नआइसकेकाले मुद्दाको सुनुवाइ स्थगित घोषणा गरिएको बताइएको छ ।

सन्दीपको मुद्दा हेर्न जिल्ला अदालतका न्यायाधीशहरू अनिच्छुक देखिएका छन् । मुद्दाको फैसला आफूले गर्न नपरोस् भन्ने सबै न्यायाधीशहरूको मनसाय देखिएको छ । जे फैसला गर्दा पनि विवादित हुन सक्ने चिन्तामा न्यायाधीशहरू छन् ।

सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९औं पटक थियो । मुद्दाको फैसला पेसी १७ औं पटक स्थगित भएको छ । मुद्दा फैसला चरणमा प्रवेश गरेको सात महिना भइसकेको छ । पहिलो फैसला पेसी गत माघ ९ गते नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । उक्त पेसी जिल्ला सरकारी वकिलको कार्यालयबाट स्थगत गराइयो । त्यसपछि माघकै २३ गते चन्द्रप्रकाश तिवारीको इजलासमा तोकिएको पेसी पनि जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो ।

त्यसयता, यो मुद्दा न्यायाधीशहरू क्रमशः फणिन्द्रप्रसाद पराजुली, दीपक ढकाल, माधवप्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, शंकरराज बराल, नारायणप्रसाद दाहाल, दीपक ढकाल, फणिन्द्रप्साद पराजुली, शंकरबहादुर राई, राजुकुमार खतिवडा, प्रकाशप्रसाद पण्डित, शकुन्तला कार्कीको इजलासमा परेको छ । उनीहरू सबैले कुनै न कुनै बहाना बनाएर मुद्दाको सुनवाइ टार्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७