प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा


७ आश्विन २०८०, आईतवार
prachanda1692096814

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दा आइतबार सात वर्षपछि सुनुवाइ हुन लागेको हो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए । प्रचण्डविरुद्धको मुद्दा हालसम्म २१ पटक पेसीमा चढेको थियो भने १९ पटक हेर्न नभ्याइनेमा परेको थियो । प्रधानमन्त्री प्रचण्ड भने हाल चीन भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७