एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र


९ आश्विन २०८०, मंगलवार
151106939uml2

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेश अधिवेशनको बन्द सत्र आज हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्द सत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्द सत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वागमतीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै नेताहरूलाई सकेसम्म चुनाव नलड्न दबाब दिए ।

उनले नेतृत्वका आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिए । त्यसअघि उनले मिलेर पार्टी बनाउँदा राम्रो हुने बताए । लोकतन्त्रमा मिलेर पार्टी बलियो बनाउदा नबिग्रने भन्दै उनले फकाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७