मैवाखोलाका पहिरोपीडित एकीकृत बस्तीमा


९ आश्विन २०८०, मंगलवार
aabash taplejung 3

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।

गत असारको सुरुवाती समयमा गएको विनाशकारी पहिरोबाट विस्थापित बनेका वडा नम्बर ४ ओदक र ताम्राङ बस्तीका परिवारलाई एकीकृत बस्ती निर्माण गरेर आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा निर्मित एकीकृत बस्ती तथा अस्थायी आवासको सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराई, गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमलगायतले संयुक्त रुपमा उद्घघाटन गरि हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

aabash taplejung 2
पहिरो लगत्तै गाउँपालिकाले आश्रय र सुरक्षाको तत्काल आवश्यकतालाई सम्बोधन गर्दै बस्ती परियोजनाका लागि कदम चालेको थियो । करिब दुई महिनाको अवधिमा निर्मित बस्तीले विस्थापित बनेका र पहिरोको उच्च जोखिममा परेका घर परिवारलाई सुरक्षित आश्रयस्थलका रुपमा काम गर्ने गाउँपालिका अध्यक्ष वनेमले बताए । परिवार संख्या हेरी विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । खानेपानी, शौचालय लगायतको सुविधा सहितका ६५ आवास गृह निर्माण गरिएका छन् । टोल विकास संस्था, स्थानीय समुदायसहित विभिन्न योगदानकर्ताको सहयोगले बस्ती निर्माणमा महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाले जनाएको छ । 

बस्तीमा रहेका आवास गृह रु एक करोड ५० लाख बढीको लागतमा निर्माण भएको जनाइएको छ । आवास पाएसँगै पहिरो पीडित परिवारले राहत महसुस गरेका छन् । असार पहिलो सातामा अविरल वर्षासँगै गएको पहिरोका कारण मैवाखोलामा ठूलो मात्रामा भौतिक क्षति पुगेको थियो । उक्त समयमा सिदिङ्वा गाउँपालिकामा समेत पहिरोका कारण जनधनको क्षति भएको थियो ।
aabash taplejung 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७