काठमाडौं महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी


९ आश्विन २०८०, मंगलवार
e

काठमाडौँ । अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच वार्ता सुरु भएको छ । राष्ट्रिय सभागृह बाहिर आठ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरपालिकाको टोलीबीच वार्ता सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईः सहितको टोली वार्तामा छन् ।

वार्तामा मेयर बालेन शाह भने नबस्ने भएका छन् । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् । यसअघि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ईःलाई भेटेर वार्ताका लागि सहजीकरण गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७