१९औं एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत


११ आश्विन २०८०, बिहीबार
batmintan team

हाङझाउ (चीन) । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो ।

तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए । यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए । सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो । ।

ब्याडमिन्टनमा पुरुष टोलीको विजयी सुरूआत

१९औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरूष टोलीले विजयी सुरुआत गरेको छ । नेपालले मङ्गोलियालाई ३–१ सेटले पराजित गरेको हो । प्रिन्स दाहाल र सुनिल जोशीको जोडी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ । महिला टिम इभेन्टस्मा भने नेपाल माल्दिभ्ससित ३–१ सेटले पराजित भएको छ । महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७