एमाले वागमतीको निर्वाचन तालिका फेरि संशोधन, भोलि मात्र मतदान


११ आश्विन २०८०, बिहीबार
amale bagmati prades adhibeshan

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेशको पहिलो अधिवेशन जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनको निर्वाचन तालिका फेरि संशोधन गरिएको छ ।

संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उम्मेदवारी फिर्ता, ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य तथा अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् । त्यस्तै, मतदान भोलि (शुक्रबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बताइएको छ ।

नेतृत्व चयनका लागि अहिले पनि सहमतिको प्रयास जारी छ । अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले अर्का प्रत्यासी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७