एमाले वागमतीको अधिवेशन : आज मतदान, अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा


१२ आश्विन २०८०, शुक्रबार
dhungel dahal 1695796639

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेशको अधिवेशनमा आज (शुक्रबार) मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुई जना मात्रै उम्मेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहाल बाहेकले उम्मेदवारी फिर्ता लिइसकेका छन् । केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् । ढुंगेल महासचिव शंकर पोखरेल र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ । सहमतिका लागि शीर्ष नेताहरूको लगातारको प्रयास असफल भएपछि अध्यक्षसहितका पदाधिकारी र खुला सदस्यमा मतदान हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७