एमाले वागमती अधिवेशन : साँझ ६ बजेसम्म ७०८ मत खस्यो, १६२ जना निर्विरोध


१२ आश्विन २०८०, शुक्रबार
bagmati 1

काठमाडौं । नेकपा (एमाले) वागमतीको नयाँ नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ७०८ मत खसेको छ । आज दिउँसो साढे १ बजेबाट मतदान भएको बेलुका ६ बजेसम्म ७०८ मत खसेको हो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भइरहेको छ । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ । एमाले बागमती इञ्चार्ज गुरु बरालका अनुसार प्रदेश अधिवेशनले नेतृत्व चयनका क्रममा १६२ स्थानमा निर्विरोध गर्न सफल भएको छ ।

निर्विरोध हुन नसकेका बाँकी स्थानमा विद्युतीय भोटिङ मेशिनबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनामा धमाधम मतदान भइरहेको छ । अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्ण दाहाल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७