सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध


१३ आश्विन २०८०, शनिबार
karnali rajmarga surkhe t

सुर्खेत । मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरी रहेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका बालाकको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।

अहिले आफन्तहरूले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै गोकुल कटेज नजिकै कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७