एमाले कोशीको मतदान आज : अध्यक्षको प्रतिष्पर्धामा ढकाल र खतिवडा

उपाध्यक्षमा टीकाराम चेम्जाङ निर्विरोध


१४ आश्विन २०८०, आईतवार
koshi amale

मोरङ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नेतृत्व छान्न आज (आइतबार) मतदान हुँदैछ । नेतृत्व चयनका निम्ति बिहान ११ बजेदेखि मतदान सुरु गरिने कार्यतालिका छ ।

मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोशी अधिवेशनमा अध्यक्ष पदका निम्ति दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा हालका उपाध्यक्ष टीकाराम चेम्जोङ निर्विरोध भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङको मात्र उम्मेदवारी परेको छन् । धनकुटाका उनी हालको कमिटीमा पनि उपाध्यक्ष थिए ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विराटनगरकै विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । ढकाल पार्टीको मोरङ अध्यक्षका रूपमा दुई कार्यकाल काम गरेका नेता हुन् ।

खतिवडा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेका पाका नेतामा पर्छन् । यो अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी चयन गरिनेछ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७