भिखारी महिलाको मृत्युपछि भेटियो यतिधेरै सम्पत्ति, प्रहरी नै बन्यो चकित


८ जेष्ठ २०७५, मंगलवार
ma

काठमाडौं, ८ जेठ । सडकमा भिख मागेर गुजारा चलाउँदै आएकी एक महिलाको जीवन दुःख र कष्टमा वित्यो । तर, आफू करोडपति छु भन्ने कुरा उनलाई कहिलै थाहा भएन् । ma

जब उनको मृत्यु भयो, तब उनको सम्पत्तिका बारेमा पत्ता लाग्दा प्रहरी नै चकित भयो । उनको मृत्युपछि उनको साथबाट बरामद भएको कागजातबाट प्रहरीले उक्त सम्पत्तिका बारेमा थाहा पाएको हो । यो घटना लेबनानको हो । त्यहाँको सडमा भिख माग्दै आफ्नो गुजारा चलाउँदै आएकी फातिमा ओथमानको सम्पत्ति थाहा पाएपछि प्रहरी नै आश्चर्यमा परेको हो । फातिमा शारीरिक रुपमा असक्त थिइन् । उनको हात खुट्टा चल्दैन थिए । त्यसैले उनले सडममा भिख मागेर आफ्नो जीवन जिउँदै आएकी थिइन् ।

त्यहाँको स्थानीय प्रहरीले फातिमाको शव एक वेवारिस् कारमा बरामद गरेको थियो । उनको साथमा बैँकका कागजात पनि फेला पारेको थियो । जस अनुसार उनको खातामा १.७ अरब लेबनानी पाउण्ड अर्थात ७.४ करोड भारु रुपैयाँ जम्मा भएको तथ्य फेला परेको हो । उनका परिवार पनि उनको सम्पत्ति थाहा पाउँदा स्तब्ध बनेका छन् । उनको ह्दयघातका कारण निधन भएको थियो । जब लेबनान सैनिकले उनलाई पानी पिलाउन लागेको तस्विर सामाजिक सञ्जालमा शेयर गरेपछि उक्त महिलाको समाचार भाइरल बनेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७