नेपालले यूएईलाई सात विकेटले हरायो


१ कार्तिक २०८०, बुधबार
Cricket Nepal 1697626551

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक प्रेरित नेपालले घरेलु मैदानमा आज (बुधबार) देखि सुरु भएको त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरिले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको हो । एक समय ८.५ ओभरमा ३–५१ को अवस्थामा रहेको नेपाललाई जिततर्फ अघि बढाएका थिए ।
कप्तान पौडेल ५१ र ऐरि ३४ रनमा नटआउट रहे । ४० बलको सामना गरेका कप्तान पौडेलले ५ चौका हाने। ऐरीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल निलान्स केस्वानीको बलमा १४ रनमा अलि नसिरको हातबाट क्याच आउट भए ।

कुशल मल्ल ११ रन बनाउँदा नसिरले नै रन आउट गराए। आशिफ शेख २३ रनमा क्याच आउट भए । २७ बलमा २ चौका र १ छक्का हानेका आशिफ नसिर कै बलमा मोहम्मद वसिरको हातबाट क्याच आउट भए । त्यसअघि माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो ।

युएईविरुद्ध नेपालका करण केसी एक्लैले ३ विकेट लिए । करणले आफ्नो स्पेलमा ३ विकेट लिँदा १९ रन खर्चे । गुलसन झाले दुई तथा सोमपाल कामी र अविनास बोहोराले समान १ विकेट दिए । युएईका लागि बसिल अहमदले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्का हाने । अलि नसिरले ३२ रन थपे । कप्तान मोहम्मद वसिमले १७ तथा आशिफ खानले १५ रन बनाए । नेपालले भोलि बिहीबार हङकङसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७