डेब्यू गरेको ३३ सेकेण्डमै गोल, बार्सा विजयी


६ कार्तिक २०८०, सोमबार
de

काठमाडौं । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेण्डमै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ ।

१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए ।

योसँगै उनी क्लबको इतिहासमा बार्साका लागि सबैभन्दा चाँडो पहिलो गोल गर्ने खेलाडी पनि बनेका छन् । जीतसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ । उता, जिरोनाले अल्मेरियालाई ५–२ गोलले हराउँदै रियलसँग अङ्क बराबर गरेको छ । रियल भने शनिबार सेभियासँग १–१ को बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७