पत्रकार पराजुलीको अंग्रेजी कथा सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा


८ कार्तिक २०८०, बुधबार
Dimmi Eyes1698213099

चितवन । पत्रकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरूको सङ्ग्रह ‘ड्रिमी आइज’ बजारमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘कुमाता’ र ‘मोम्चो’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

सामाजिक विषयवस्तुमा कथा लेख्दै आएका पराजुलीले समाजमा विद्यमान अवस्थालाई आफ्ना कथामा उतारेका छन् । कुमाता र मोम्चो कथा सङ्ग्रहका केही कथाको अंग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको कथाकार पराजुलीले जानकारी दिए ।

कथालाई भरत भट्टराई र मिली जोशीले अनुवाद गरेका हुन् । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यस सङ्ग्रहमा १७ वटा कथा समावेश गरिएको छ । कथाकार पराजुली लामो समय देखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७