कैलालीमा खोलामा डुबेर ७ र ८ वर्षका दुई बालकको मृत्यु


११ कार्तिक २०८०, शनिबार
death child

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया–६ मा रहेका काँडा नदीमा डुबेर सोही ठाउँका योगेन्द्र मल्लका छोरा ७ वर्षीय आयुस र दीपक मल्लका छोरा ८ वर्षीय दिप्सनको मृत्यु भएको हो ।

नुहाउने क्रममा पानीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई उपचारको लागि नजिकैको बर्दगोरिया अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुई बालकको पानीमा डुबेर मृत्यु भएको घटनामा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७