प्रधानमन्त्रीसँगै उभिएर महासचिव गुटेरेसले भने–विपिन जोशीको सुरक्षित घरफिर्तीको कामना गर्छु


१२ कार्तिक २०८०, आईतवार
Gutres scaled

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका छन् ।

आज (आइतबार) बाट चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले सिंहदबारमा एक पत्रकार सम्मेलन आयोजना गर्दै इजरायल–हमास युद्धमा बन्धक बनाइएकाहरूलाई बिना शर्त रिहाई गर्नुपर्ने बताएका छन् । ‘इजरायलमा भएको आक्रमणमा परेर बेपत्ता भएका विपिन जोशीलाई सुरक्षित घर फर्कन मेरो तर्फबाट शुभकामना छ,’ उनले भनेका छन् । उनले निहत्था नागरिकहरूमाथिको आक्रमण्ढा कुनै पनि अवस्थामा न्यायोचित नहुने उल्लेख गरेका छन् ।

महासचिव गुटेरेसले हमासले गरेको आक्रमणबाट निधन भएका १० नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन् । ‘हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७