दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटेरेस


१४ कार्तिक २०८०, मंगलवार
BKC Lumbeni IMG 20231031 111058 scaled

लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायत व्यक्तिले स्वागत गरेका थिए ।

Guteresh lumbini 2

गुटेरेस अन्नपूर्ण आधार शिविरको अवलोकन भ्रमणपश्चात् लुम्बिनी पुगेका हुन् । आधार शिविरमा अलमल भएका कारण दुई घण्टा ढिला गरी महासचिव गुटेरेस लुम्बिनी पुगेका छन् । लुम्बिनीमा उनले मायादेवी मन्दिरको अवलोकन गर्नेछन् ।

BKC Lumbeni IMG 20231031 111058 1

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले बताए । उनले लुम्बिनी विकास गुरुयोजनाका बारेमा जानकारी लिनेलगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौं फर्कने छन् ।

guteresh 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७