संघीयता नै खारेज गर्छन् जस्तो पो देखियो : उपेन्द्र


१६ कार्तिक २०८०, बिहीबार
Upendra yadav scaled

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको बताएका हुन् ।

देशको ठूलो हिस्साले अनरसिप नलिएको संविधानलाई समयानुकूल संशोधन, परिमार्जन नगरी कसरी अघि बढ्ला र महिमा कति दिन टिक्ला ?’, उनले भने, ‘अघि एक मान्य (सांसद) ले प्रदेश खारेजी भन्दै हुनुहुन्थ्यो, यता बस्ने साथी (सांसद) हरूले संघीयता खारेज गर्लान् जस्तो देखियो ।’ संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनु पर्नेमा जोड दिए । उनले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७