ओलीको प्रश्न : जनयुद्ध दिवसलाई उत्सव मनाउनु पर्छ भन्दैछन्, शान्ति प्रक्रिया कसरी सफल होला ?


१६ कार्तिक २०८०, बिहीबार
Kp oli 3
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्ति प्रक्रिया टुंग्याउँन नसकिने बताएका छन् । आज (बिहीबार) बसेको संसदीय दलको बैठकमा बोल्दै उनले हिंसा थालेको दिनलाई उत्सवको रुपमा मनाउन नसकिने बताएका हुन् ।

‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौँ । त्यसकै महिमा हुन थालेको छ’ अध्यक्ष ओलीले भने, ‘हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन । बरु, त्यसप्रति गौरवभाव छ । त्यो मनाउनु पर्छ भन्दैछन् । यस दृष्टिकोण र मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होला ?’

उनले पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । ‘पीडितलाई केन्द्रमा राखेर कानुनहरु पनि बन्नुपर्छ । त्यत्रो पीडा भोगेर आए अझैपनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न सकिँदैन । पीडितलाई न्याय दिनेगरी गर्नुपर्छ’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७