कोशी सरकारमा माओवादी र एकीकृत समाजवादी सहभागी हुँदै, आजै शपथको तयारी

माओवादीबाट गणेश उप्रेती र समाजवादीबाट कमल जवेगु मन्त्री बन्ने सम्भावना


१७ कार्तिक २०८०, शुक्रबार
Kedar Karki

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहमतिविपरीत माओवादीलाई सरकारमा ल्याउने तयारी गरेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको दबाब थेग्न नसकेपछि माओवादी र एकीकृत समाजवादीलाई मुख्यमन्त्री कार्कीले सरकारमा सहभागी गराउन लागेका हुन् । माओवादी र एकीकृत समाजवादीबाट १–१ जनालाई मन्त्री बनाउने तयारी भएको मन्त्री तथा सरकारका प्रवक्ता शमशेर राईले बताए । उनले आजै नियुक्तिको सम्भावना रहेको जानकारी दिए ।

कोशीमा माओवादीबाट गणेश उप्रेती र समाजवादीबाट कमल जवेगु विना विभागिय मन्त्री बन्दै भएका छन् । कार्की गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले यसअघि एमाले र नेपाली कांग्रेसका एकएक जनालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री भएका कार्कीलाई कार्तिक १ गते केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका थिए ।विश्वासको मत पाएपछि उनले सरकारमा गठबन्धन दललाई सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७