भूकम्पपीडितका लागि माओवादीले पनि बुझायो ५० लाखको चेक


२१ कार्तिक २०८०, मंगलवार
mao

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको राहतका लागि ५० लाख रुपैंयाँ प्रदान गरेको छ ।

उपाध्यक्ष पम्फा भुसालको टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेको हो । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

यसअघि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र नेकपा एकीकृत समाजवादीले २५ लाख रकम सहयोग गरिसकेका छन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने तीन सय जना घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७