रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर


१ मंसिर २०८०, शुक्रबार
Bus Accident sp

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
बा.प्र.०३–००१ नम्बरको बस गए राति रुपन्देहीको देवदह नगरपालिका–८ भलुही भन्ने स्थानमा सडकबाट तल खसेको हो ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७