हमासले बन्धक बनाएकी क्यान्सरपीडित महिलाको शव फेला पारेको इजरायलको दाबी


१ मंसिर २०८०, शुक्रबार
Yehudit Weiss EByd2S8L1O

काठमाडौं । गाजामा हमासले बन्धक बनाएकी एक महिलाको शव फेला पारेको इजरायली सेनाले बताएको छ । आक्रमणका क्रममा हमासले ती महिलालाई बन्धक बनाएको इजरायली सेनाको दाबी छ ।

इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल–सिफा अस्पताल नजिकैको घरमा फेला परेको हो । बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो ।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन् । बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लान पाएकी थिइनन् । इजरायली सेनाले हमासले आक्रमणका क्रममा २४० इजरायली नागरिकलाई बन्धक बनाएको दाबी गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७