क्षितिज थेवेको चेतावनी : हामीले ल्याएको व्यवस्थामाथिको आक्रमण सहेर बस्दैनौं


२ मंसिर २०८०, शनिबार
kshitiz thebe

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले प्रतिपक्षमा हुँदा पनि सत्ताधारी र व्यवस्था विरोधीको आक्रमण एमालेमाथि नै भइरहेको भन्दै अब सहेर नबस्ने चेतावनी दिएका छन् ।

आज (शनिबार) एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष थेबेले अबको आन्दोलन प्रमुख प्रतिपक्ष कस्तो हुन्छ भनेर देखाइने बताए । ‘हाम्रो पार्टी अध्यक्ष र हाम्रा नेताहरुविरुद्ध सामाजिक सञ्जाल वा अन्य ठाउँबाट आइलाग्नेहरुविरुद्ध जाइलाग्छौँ । जिम्मेवार प्रतिपक्ष भनेको जसले जे भने पनि सहेर बस्ने होइन ।’ थेबेले थपे, ‘हाम्रो देश, हामीले लडेर ल्याएको व्यवस्था र हाम्रो नेतृत्वमाथिका कुनै पनि आक्रमण र आरोप सहन सक्दैनौँ । मंसिर ७ को प्रदर्शन यसैका लागि हो ।’

युवा संघले यहि मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७