प्रहरीको साइबर व्युराले भन्यो–भीपीएनबाट टिकटक चलाउँदा अप्ठ्यारोमा परिएला


५ मंसिर २०८०, मंगलवार
tiktok

काठमाडौं । नेपाल प्रहरीको साइबर व्युरोले भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै व्युरोले भीपीएन र डीएनएस प्रयोग गरी टिकटक नचलाउन अनुरोध गरेको छ ।
असुरक्षित माध्यमबाट टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डेटा चोरी भइरहेका समेत व्युरोले जननाएको छ ।

व्यूरोले भनेको छ– ‘भीपीएन र डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ, प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’ नेपालमा टिकटक प्रयोगमा निषेध गरेको भन्दै व्युरोले सरकार निर्णय पालना गर्न आग्रह गरेको छ । साइबर व्यूरोले भीपीएनबाट टिकटक चलाउँदा विभिन्न खालका डाटा चोरीका समस्यामा परी अप्ठ्यारोमा परिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७