एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, के–के छन् एजेण्डा ?


६ मंसिर २०८०, बुधबार
amale 4
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ । आजको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा मंसिर १४ गतेदेखि सुरु गर्ने तयारी गरेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् । पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बिहीबार (भोलि) काठमाडौंमा गर्ने प्रदर्शनलगायत विषय बैठकका एजेण्डा रहेका छन् ।
समसामयिक विषयमा ओलीको प्रतिवेदन
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकमा अध्यक्ष ओलीले एक प्रतिवेदन प्रस्तुत गर्नेछन् । पछिल्लो समसामयिक राजनीतिका विषयमा केन्द्रित उक्त प्रतिवेदनमाथि केहीबेर छलफल हुनेछ ।

‘देशको पछिल्लो राजनीतिक गतिविधि लगायतका समसामयिक विषयमा भोलिको बैठकमा अध्यक्षज्यूले एक प्रतिवेदन पेस गर्नुहुन्छ,’ रिजालले भने, ‘सो प्रतिवेदनमाथि केहीबेर छलफल होला ।’ यस बाहेक अन्य केही छलफलका एजेण्डा नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७