उर्लाबारी आगलागी : थप एक घाइतेको मृत्यु, ज्यान गुमाउनेको संख्या पाँच पुग्यो


१२ मंसिर २०८०, मंगलवार
ram naresh 7hy8evOTXd

काठमाडौं । तिहारको लक्ष्मीपूजाका दिन मोरङको उर्लाबारीमा भएको आगलागीको घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

आगलागीमा परी गम्भीर घाइते उर्लाबारी– ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा गए राति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । योसँगै उर्लाबारी आगलागीमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आईसीयूमा उपचाररत मरिताको गए राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा आगलागी हुँदा निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । ती घाइतेमध्ये पाँच जनाको मृत्यु भइसकेको छ । सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरै आगोमा जलेका थिए ।

यो आगलागी घटनाका २० जना घाइतेको अहिले पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा अझै चार जना छन् । यसअघि उर्लाबारी– ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको पनि कीर्तिपुर अस्पतालमै मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७