एमालेले सरकार छाडेको डेढ बर्षमै राजनीतिक अस्थिरता छायो, गरिबी र महँगी बढ्यो : ओली


१७ मंसिर २०८०, आईतवार
kp dailekh
फाइल फोटो

दैलेख । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा हुँदा देशमा गरिबी घटेको दावी गरेका छन् । आज (आइतबार) दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा छँदा गरिबी घटेको र रोजगारी बढेको दाबी गरेका हुन् ।

एमालेले सरकार छाड्ने बित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको उनको भनाइ छ । देश विकासका लागि फेरि पनि एमाले नै चाहिने ओलीको भनाइ छ । ‘एमाले हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो । गरिबी र महंगी बढ्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो । फेरि पनि विकासका लागि एमाले चाहिन्छ,’ ओलीले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गरेका छन् । आइतबार दैलेखकको राकममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्ने बित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गरे ।

‘एमाले हटाएको डेढ वर्षमा राजनीतिक अस्थिरता छायो । गरिबी र महंगी बढ्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो, रोजगारी बढेको थियो। फेरि पनि विकासका लागि एमाले चाहिन्छ,’ ओलीले भने । केही मान्छेले पञ्चायतकालीन बेला नै ठिक भएको भन्ने गरेको भन्दै अहिलेको गठबन्धनका कारणमात्रै देशको विकास रोकिएको बताए ।

‘अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्र भन्दा पञ्चायत नै ठिक थियो भन्न सक्छन् । छिटो विकास भएन होला, अहिलेको गठबन्धन सरकारको कारणले विकासले गति लिन सकेन होला । हाम्रो जस्तो देशलाई उर्वर र समृद्ध बनाउन सकिन्छ,’ ओलीको भनाइ थियो ।

उनले अब नेपालमा विश्वका मानिसले हेर्न आउनैपर्ने ठाउँ बनाउनुपर्ने र त्यसको नेतृत्व एमालेले गर्ने बताए । ‘विश्वका मानिसले अहिलेजस्तो १० लाख पर्यटक आए होइन, दुनियाँभरका मान्छेले यहाँको विकास, जलस्रोत, श्रमजीवि मानिस, र विद्धानका सन्तानलाई हेर्न जानुपर्छ भन्ने अवस्था बनाउनु पर्छ । एमाले त्यसका लागि नेतृत्व गर्न सक्षम छ,’ ओलीले भने । आज पनि केही मानिसहरू प्रतिगमनतर्फ फर्कने कुरा गर्ने गरेको भन्दै त्यो देश र लोकतन्त्रविरुद्ध भएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७