युक्रेनविरुद्ध चाँडै विजय प्राप्त गर्न पुटिनले गरे एक लाख ७० हजार सैनिक परिचालन


१८ मंसिर २०८०, सोमबार
putinn

मस्को । रुसले युक्रेनविरुद्धको आक्रमण थप तीव्र बनाइरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ लड्न अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन् ।

पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ । मस्कोले सैनिकहरूको संख्या बढाउँदै जाँदा यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रुसी सैन्य कर्मचारीहरूको समग्र संख्या २२ लाख कायम हुन्छ ।
रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ । यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’ लाई सङ्केत गर्दैन, तर यो वृद्धि बिस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने सी अधिकारीलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।

रुसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेटोको संयुक्त सशस्त्र बल रुसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ । नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ ।’

नेटो गठबनधनको आक्रामक गतिविधिका लागि रुसी सेनाको संख्या बढाउनु उपयुक्त भएको उसको दाबी छ । सन् २०१८ यता रुसले दोस्रोपटक सेना विस्तार गरेको छ । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए ।

गत डिसेम्बरमा रुसी रक्षामन्त्री सर्गेई शोइगुले रुसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताएका थिए । यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो, तर युक्रेनविरुद्ध चाँडै विजय हासिल गर्ने आशामा संख्या बढाइएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७