आगो ताप्ने क्रममा घरमा सिलिण्डर पड्कियो, लोकबहादुरको घटनास्थलमै मृत्यु


१९ मंसिर २०८०, मंगलवार
fire

सिन्धुपाल्चोक । चिसोबाट बच्न आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।

प्रहरीका अनुसार काठले बारेको जस्तापाताको छाना भएको एक तले घरभित्र आगो ताप्दा आगलागी भएको थियो। घरभित्र आगो लागेपछि खाना पकाउने ग्यासको सिलिण्डर समेत पड्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराई जानकारी दिए ।

सोमबार साँझ भएको आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको डीएसपी भट्टराईले जानकारी दिए । लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७