रास्वपा फुट्ने ? तोसिमा भन्छिन्, ‘हामी त्यसो हुन दिँदैनौं’


१९ मंसिर २०८०, मंगलवार
toshima

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने बताएकी छन् । ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’
आगामी आम चुनाव (२०८४ साल) मा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ ।’

कार्कीले सामाजिक सञ्जालमा लेखेको सन्देशः
के रे के रे ? फुट्ने रे ?
कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम् ।
साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!
चौरासी त हुन्छ हुन्छ ! हुनैपर्छ । जनताले देशभित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौँ, देश बनाउन हिँड्या हौँ, देश बनाउन !! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौं । त्यसैले कोशिस नगर्नुस्, सक्नु हुन्न !!
घण्टी त बज्छ बज्छ । चौरासीमै बज्छ । बरु आउनुस् तपाईंहरु पनि यो महाअभियानमा नछुट्नुस् ।
विधिको शासन ? ए ए,
सबैले आ–आफ्नै व्याख्याप्रति व्यख्या गर्नु भएछ !
विधिको शासन देशमै छैन हजुर ! सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हर्कतमा छैन । न्यायलयमै छैन ! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७