विराटनगरको कवाडी गोदाममा आगलागी : एकको मृत्यु, चार जना घाइते


२० मंसिर २०८०, बुधबार
fire

मोरङ । मोरङको विराटनगरस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर पाँच जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न बाँकी नै छ । घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

अर्का घाइते किशोर कामतको कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७