भारत उत्तर प्रदेशमा गुडिरहेको कारमा आगलागी : आठ जनाको मृत्यु


२४ मंसिर २०८०, आईतवार
up accident yJail2JMmL

नयाादिल्ली । भारतीय उत्तर प्रदेशको बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा एक बालक पनि छन् । बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो ।

बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो । गाडी सेन्ट्रल लक थियो । जसका कारण त्यहाँ बसेका मानिस बाहिर निस्कन पाएनन् । सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले लपेटिएको देखिन्छ भने ट्रक अगाडि उभिएको देखिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७