प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

गजुरेल भन्छन्, ‘सबै कुरा पछि भनाैंला’


२४ मंसिर २०८०, आईतवार
Haribol gajurel

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । आज (आइतबार) उनले आफूले २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताएका हुन् ।

राजीनामा दिनुको कारण पछि खुलाला गर्ने उनको प्रतिक्रिया दिएका छन् । ‘मैले बाध्यताले राजीनामा दिएको होइन । अन्य कारणले राजीनामा दिएको हो । यसबारे पछि जानकारी गराउँछु’, उनले भने ।

गजुरेल २०७९ माघ ९ गते मन्त्री सरह सेवा सुविधा पाउने गरी प्रचण्डले प्रमुख सल्लाहकारमा नियुक्त गरेका थिए । नेकपा विभाजनदेखि नै प्रचण्डसँग असन्तिुष्टि जनाउँदै आएका गजुरेल सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि थप चिढिएका थिए । सल्लाहकारमा भूमिका बिहीन बनाइएकोमा पनि असन्तुष्ट थिए । आफ्नो राजीनामा पुष्टि भएको नभएकोबारे थाहा नभएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७